add

सिक्किममा 'कबड्डी-४' माथि प्रतिबन्ध






ActPro Nepal

|

३१ जेठ, २०७९

|
910

काठमाडौं । रामबाबु गुरुङद्वारा निर्देशित फिल्म 'कबड्डी- ४' को सिक्किममा हुने प्रदर्शनमा त्यहाँको सरकारले रोक लगाएको छ ।

सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङले विवादलाई ध्यानमा राख्दै फिल्मलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री तामाङको अफिसियल फेसबुक पेजमा उनले लेखेका छन्, 'सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवादलाई स्वीकार्य रूपमा समाधान नभएसम्म राज्यमा 'कबड्डी ४' रिलिजमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।'

बौद्ध धर्मलाई गलत ढंगबाट प्रस्तुत गरेको भन्दै गत हप्ता त्यहाँका धर्मगुरुले फिल्म प्रतिबन्धको माग गरेका थिए ।

फिल्म शुक्रबारदेखि प्रदर्शन हुने भनिएको थियो । यसबारे फिल्म निर्माण पक्षले भने कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन। नेपालमा भने 'कबड्डी-४'ले हालसम्मकै सर्वाधिक कमाउने फिल्मको रेकर्ड बनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.