add

१७ वर्षमै नोबेल शान्ति पुरस्कार जित्ने मलालाले गरिन् विवाह






ActPro Nepal

|

२४ कार्तिक, २०७८

|
1330

काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता मलाला युशुफजाइले विवाह गरेकी छन् ।

मलालाले असर मलिकसँग इस्लामिक परम्पराअनुसार बेलायतको बर्मिङ्घममा विवाह गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी छन् । उनले आफ्नो विवाहलाई जीवनको एक मूल्यवान दिन बताएकी छन् ।

उनले मलिकसँग भावी जीवनको सहयात्री हुन पाउँदा उत्साहित रहेको पनि बताएकी छन् ।

पाकिस्तानकी महिलाअधिकारकर्मी मलालालाई बालिका शिक्षाको पक्षमा वकलात गरेको भन्दै तालिबानले आक्रमण गरेको थियो । त्यसपछि उनी उपचारका लागि बर्मिङ्घ गएकी थिइन् । बर्मिङ्घलाई उनले आफ्नो दोस्रो घर बताउने गरेकी छन् । मलाला क्रिकेटकी ठूली प्रशंसक हुन् । उनका पति असर मलिककाे पनि क्रिकेटसँग गहिरो नाता छ ।उनी पाकिस्तान क्रिकेट बोर्डको नेशनल हाई परफमेन्स सेन्टरका जनरल म्यानेजर हुन् । 

केही समयअघि एक अन्तर्वार्तामा मलालाले आफूलाई मानिसहरूले विवाह किन गर्छन् भन्ने कुरा अहिले पनि थाहा नभएको बताएकी थिइन् । उनको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा आलोचना भएको थियो । मलालामाथि तालिबानले ९ अक्टुबर २०१२ मा हमला गरेको थियो । त्यतिबेला उनको उमेर १५ वर्षको थियो र उनी बालिका शिक्षाका लागि आवाज उठाउने गरेकी थिइन् । यसबाट क्रुद्ध बनेका तालिबान लडाकुले उनको स्कल बसमा आक्रमण गरी गोली चलाएको थियो । टाउकाेमा गोली लागेर मलाला र उनकी एक साथी घाइते भएकी थिइन् । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.