काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमानको अगाडिको टायर उड्ने क्रममा जनकपुरमै खसेको छ ।
बेलुका ५ः४५ को उडानका क्रममा अगाडिको एउटा टायर जनकपुरमा नै छुटेको हो । तर, विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ ।
बुद्धको ९ एनएएनएच विमानको अगाडिको टायर उतै छुटेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, सुरक्षित अवतरण गरी पोस्ट फ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गियरको एउटा टायर नभेटिएको बताए । जनकपुरमा चेक गर्दा भेटिएको र विस्तृत अध्ययन भइरहेको उनले जानकारी दिए ।
जहाजमा ६२ जना यात्रु थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।