अरुण चौधरी पक्राउ प्रकरण: नाडाले गर्यो घोर भत्सना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अरुण चौधरीलाई कुनै ठोस प्रमाण र आधार बिना नै प्रहरीले छानविनका नाममा पक्राउ गरेको भन्दै घोर भत्सना गरेको छ ।

सीजी होल्डिङ्गसका अध्यक्ष, प्रवन्ध निर्देशक तथा देशको ठूलो औद्योगिक घराना चौधरीलाई कुनै ठोस प्रमाण र आधार बिना नै प्रहरीले छानविनका नाममा पक्राउ गरेको भन्दै भत्सना गरेको जनाएको छ ।

‘सम्बन्धित विषयको गहिरो अध्ययन र अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई आग्रह समेत गर्दछौ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिले गिरफ्तारी तत्पश्चात मात्र समस्या पहिल्याउने प्रबृत्तिले व्यवसायीहरुलाई थप हतोत्साहित मात्र बनाएको छैन यसले आउदै गरेको लगानी सम्मेलनलाई समेत नकारात्मक प्रभाव पार्ने देखिएको छ ।’

पहिला आवश्यक छानविन र सत्यतथ्य यकिन गरेर मात्र कानूनी प्रकृयालाई अघि बढाउन नाडाले सरकारलाई आग्रह गरेको छ ।

यो पनि

बाँसबारी जग्गा प्रकरणः अरुण चौधरी पक्राउ

अरुण चौधरी पक्राउ प्रकरण: नाडाले गर्यो घोर भत्सना

‘देशको प्रतिष्ठित व्यवसायीलाई पक्राउ गरेर निजी क्षेत्रलाई हतोत्साहित बनायो’

अरुण चौधरी र अजितनारायण सिंह थापा चिरायु अस्पतालमा भर्ना

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।