add

फोटोनको १५ सिटे ईभी भ्यान नेपालमा सार्वजनिक हुँदै






ActPro Nepal

|

११ मंसिर, २०८०

|
124

काठमाडौं । नेपाली बजारमा ‘फोटोन हाइ रुफ १४र १५ सिटे ईभी भ्यान’ सार्वजनिक हुने भएको छ । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नेपालमा उक्त भ्यान बिक्री सुरु गर्ने भएको हो ।

थाइल्याण्ड, जर्मनी, सिंगापुर, अस्ट्रेलिया लगायत मुलुकमा सफल ईभी भ्यान नेपालमा पनि चाँडै उपलब्ध हुने भएको हो । उक्त गाडीको मूल्य र स्पेसिफिकेसन चाँडै सावजनिक गरिने कम्पनीले जनाएको छ ।

उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो भ्यान सुरक्षाको दृस्टीकोण पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ।

फोटोन पछिल्लो समय नेपालमा पिकअप, इलेक्ट्रीक लो रूफ भ्यान, इलेक्ट्रीक मिनी ट्रक, एम्बुलेन्स सेग्मेंटमा अत्यन्त लोकप्रिय हुँदै गइरहेको छ । आकर्षक लुक्स र पर्फमेन्सका कारण फोटोन नेपाली बजारमा लोकप्रिय हुन सफल भएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.