add

विद्युतीय सवारीकाे माग बढ्दो, कुन महिनामा कति भित्रिए ?






ActPro Nepal

|

१४ वैशाख, २०८०

|
333

शारदा घिमिरे

काठमाडौं । पछिल्लो समय नेपालमा इलेक्ट्रिक गाडीको माग बढेको छ । यसले गर्दा अटो कम्पनीहरुको रौनकमा उल्लेख्य वृद्धि भएको पाइन्छ । चालु आर्थिक वर्षको चैत महिनामा मात्रै २५३ वटा विद्युतीय गाडी (कार, जिप र भ्यान) नेपाल भित्रिएको भन्सार विभागको तंथ्याकले देखाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २ हजार ४५१ इलेक्ट्रिक कार, जीप र भ्यान नेपालले आयात गरेको छ । 

नेपालमा विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ । नेपाल अटो बजार पनि विस्तारै विद्युतीय गाडी केन्द्रित भएको पाइन्छ । विद्युतीय सवारी साधानका लागि सरकारले पनि नीति मार्फत नै प्रोत्साहन गरेको छ । पछिल्लो समय विद्युतीय सवारी किन्ने ग्राहकको संख्या पनि बढ्दो क्रममा छ । लामो दुरीमा गाडी चलाउँदा वा घरमा खरिदकर्तालाई प्रोत्साहन हुनेगरि आवश्यक पूर्वाधार पनि विस्तारै बन्दै गएकाले पनि यसमा आकर्षण थपिँदै गएको हो । 

नेपालमा छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र कोरियाबाट विद्युतीय कार, जीप र भ्यान आयात हुने गरेको छ । विश्व बजारका लोकप्रिय ब्राण्डको विद्युतीय कार, जीप, भ्यानहरु नेपालमा उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुुुण्डाइ, बिवाइडी ब्राण्डको विद्युतीय कारहरु निकै रुचाइएका विद्युतीय कारका ब्राण्ड हुन् ।

चालु आवको चैत मसान्तसम्ममा कुल ६ अर्ब ८४ करोड ७ लाख ९० हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ । विभागका अनुसार सबैभन्दा धेरै इलेक्ट्रिक गाडी भारतबाट आयात भएको छ । भारतबाट ४ अर्ब ७१ करोड ९८ लाख १४ हजार रुपैयाँ बराबरको १ हजार ७५५ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।

सो अवधिमा चीनबाट १ अर्ब ८ करोड ५१ लाख १९ हजार रुपैयाँ बराबरको ४२९ वटा, कोरियाबाट ९७ करोड ५६ लाख ३९ हजार रुपैयाँ बराबरको २५२ वटा, अमेरिका २ करोड २७ लाख ७८ हजार बराबरको ४ वटा विद्युतीय सवारी आयात भएको छ ।

त्यस्तै, इन्डोनेसियाबाट भने ६४ लाख ६ हजार मूल्य बराबरको ३ वटा विद्युतीय सवारी नेपाल भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ । विद्युतीय सवारी आयातबाट सरकारले १ अर्ब ९३ करोड १३ लाख ५९ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ । 

एक महिनामा कति विद्युतीय सवारी नेपाल भित्रिए ?

विभागका अनुसार गत फागुन महिनामा ६ अर्ब १६ करोड ८२ लाख ७१ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी नेपाल भित्रिएको थियो । सो अवधिसम्ममा भने १ अर्ब ७३ करोड ८९ लाख ६३ हजार रुपैयाँ राजश्व प्राप्त गरेको थियो ।

गत माघ महिनासम्ममा ५ अर्ब ६२ करोड ९९ लाख ८३ हजार रुपैयाँ बराबरको २ हजार ९ वटा विद्युतीय सवारी आयात भएको थियो । सो अवधिमा सरकारले १ अर्ब ५८ करोड ३६ लाख ३२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

यस्तै, पुसमा ४ अर्ब ९२ करोड ९१ लाख ४५ हजार रुपैयाँ, मंसिरमा ३ अर्ब ८२ करोड ५७ लाख, कात्तिकमा २ अर्ब ८६ करोड ३५ लाख ६२ हजार, असोजमा २ अर्ब ५० लाख रुपैयाँ बराबरको विद्युतीय सवारी नेपाल भित्रिएका थिए । यी महिनाहरुमा क्रमशः १ हजार ७४९ वटा, १ हजार ३५३, १ हजार १८ र ७०५ वटा विद्युतीय गाडी आयात भएका थिए ।

भदौमा १ अर्ब १९ करोड ४३ लाख ५९ हजार रुपैयाँ बराबरको ४१४ वटा र साउनमा ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरको २११ वटा इभि नेपाल भित्रिएका छन् । चालु आवको पहिलो महिनामा भने विद्युतीय आयातबाट सरकारले २१ करोड ६१ लाख ४६ हजार रुपैयाँ राजश्व प्राप्त गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.