add

नेपाली बजारमा छिट्टै इलेक्ट्रिक ट्याक्सी भित्र्याउने तयारी सीजी मोटर्स






ActPro Nepal

|

१६ माघ, २०७९

|
450

काठमाडौ । सीजी मोटर्सले नेपाली बजारमा अब इलेक्ट्रिक ट्याक्सी पनि भित्र्याउने भएको छ । यसअघि नेटा भी र अन्य इलेक्ट्रिक सवारी साधन उपलब्ध गराइरहेको सीजीले आगामी दिनमा इलेक्ट्रिक ट्याक्सी उपलब्ध गराउने भएको हो । 

ट्याक्सी व्यवसायीलाई वातावरण मैत्री बनाउन र कम खर्चमा अधिकतम आम्दानी गर्न सहज बनाउने सोचले सिजीले अब ट्याक्सी सेग्मेन्टमा विद्युतीय सवारी ल्याउन लागेको हो । उक्त ट्याक्सीलाई एक पटकको फुल चार्जमा ३ सय किलोमिटर चलाउन सकिने बताइएको छ । 

बजारमा हाल इलेक्ट्रिक कार नेटा भीका साथै केवाईसी भी५ मिनी भ्यान बिक्री–वितरण गरिरहेको सीजी मोटर्सले मल्टी ब्राण्ड शोरुमको कन्सेप्टमा सबै किसिमको सवारीसाधन विक्री गर्ने योजना बनाएको छ । सोही योजनाअनुसार अब इलेक्ट्रिक ट्याक्सी नेपाल ल्याउने तयारी गरेकाे हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.