काठमाडौं । होण्डा टू ह्वीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा मनसुन एक्सचेन्ज” उपहार योजना ल्याएको छ ।
यस अफर अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र ४ हजारसम्मको क्यासब्याक पाइने छ । साथै, फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
यो योजना असार ५ गतेदेखि १० गतेसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सहभागीता जनाउन पाउने छन् ।
नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई inf[email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।