add

सीजीको नयाँ वर्ष योजना : इलेक्ट्रोनिक्स सामान किन्दा ४९ हजार ९०० सम्म क्यासब्याक






ActPro Nepal

|

१० चैत, २०७८

|
856

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ नामक स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै यो योजना ल्याएको हो ।

यस अफर अनुसार ग्राहकले सीजीका इलेक्ट्रोनिक्स सामान खरिद गर्दा ४९ हजार ९०० रुपैयाँ क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् । सो स्कीमसँगै नेपालीहरूको नयाँ वर्ष झनै हर्ष र उल्लासमय हुने कम्पनीले विश्वास लिएको छ ।

सो स्कीमअन्तर्गत ग्राहकहरूले सीजी ब्रान्डका ५५ इन्च वा सोभन्दा माथिका टीभीको खरिदमा ५ हजार १९० रुपैयाँ बराबरको आकर्षक सीजीको स्पीकर र ५० इन्च सम्मका टीभीको खरिदमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन् । त्यस्तै ‘मल्टी डोर साइड बाइ साइड रेफ्रिजेरेटरहरूको खरिदमा ४ हजार ६४० रुपैयाँ मूल्य बराबरको आकर्षक सीजीको इन्डक्सन चुल्हो प्राप्त गर्नेछन् ।

सीजी ब्रान्डका डबल डोर रेफ्रिजेरेटरको खरिदमा भने १ हजार ५५० रुपैयाँ बराबरको सीजी भ्याकुम ‘लास्क’ र सिङ्गल डोर रेफ्रिजेरेटरको खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्नेछन् । यस्तै फ्रन्टलोड वासिङ मेसिनहरूको खरिदमा ६ केजी एरियल पाउडर, सेमी अटोमेटिक तथा टप लोडिङ वाशिङ मेसिनको खरिदमा २ केजी एरियल पाउडर र स्टीम वाश डिसवाशरको खरिदमा डिशवाशर किट प्राप्त गर्नेछन् ।

सीजीका मल्टी मिडिया, साउन्ड बार र ट्रली जस्ता अडियो सिस्टमका खरिदमा आकर्षक क्यास ब्याक र माइक्रो ओभनको खरिदमा ग्राहकहरूले खाना पकाउने आकर्षक सामाग्रीहरू प्राप्त गर्ने छन् ।

यो स्कीम अन्तर्गत सीजीका ‘लोर स्ट्यान्डिङर सिलिङ क्यासेटर स्प्लीट वाइफाइ इन्भर्टर एसीका खरिदमा ४ हजार बराबरको निःशुल्क जडान सेवा र चेस्ट फ्रिजर, एयर कुलर, भ्याकुम क्लीनरका खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्ने छन् ।

सो आकर्षक योजना कम्पनीले यही चैत १० गतेदेखि देशभरमा सीमित अवधिका लागि लागू हुने जनाएको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.