add

मोटरहेडले ल्यायो एक्सचेन्ज अफर, नयाँ बाइक खरिदमा १० हजार छुट






ActPro Nepal

|

२१ मंसिर, २०७८

|
663

काठमाडौ  । मोटरहेड ब्राण्डका आधिकारिक वितरण एसएलआर टेक्नो एण्ड ट्रेडले तीन दिने मोटरहेड एक्सचेञ्ज अफर सन्चालन गर्ने भएको छ ।

कम्पनीले यहि मंसिर २२, २३ र २४ गते उपत्यकभित्रका आफ्ना सम्पूर्ण शोरुमहरुमा लागु हुने गरी एक्सचेञ्ज अफर सन्चालन गर्ने भएको हो ।

कम्पनीले ग्राहकहरुको मागलाई ध्यानमा राखी एक्सचेन्ज अफर सार्वजनिक गरेको बताएको छ।

मोटरहेडका डर्ट, क्रसओभर र स्क्याम्बलर सेगमेन्टमा आफ्नो छुट्टै उपस्थिती रहेको कम्पनीले मोटरहेडका नयाँ बाइक खरिदमा १० हजार छुट दिएको छ भने फाइनान्समा ७ हजार छुट दिएको छ।

कम्पनीले बाइक सट्टापट्टा गर्दा पुरानो बाइकमा बजार मूल्यांकन भन्दा १५ हजार बढी पाउने जनाएको छ। कम्पनी उचित मूल्यांकन र सरल खरिदको वातावरण मिलाउन शोरुममै भ्यालुएसनको व्यवस्था गरिएको छ।

कम्पनीले नयाँ बाइकको खरिदमा आकर्षक फ्रि डर्ट हेल्मेट उपलब्ध गराउने भएको छ।

मोटरहेडको सल्लाघारी, मित्रपार्क चावहिल, टेकु, धोविघाट र बालाजुमा अफर लागू हुनेछ। मोटरहेडल हालसालै परिमार्जित गरिएको नयाँ टेकन आर २५० मोडल बजारमा ल्याएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.