add

नाडा अध्यक्षका प्रत्यासी थापाले गरे आफ्नो प्यानल घोषणा (नाम सहित)






ActPro Nepal

|

१६ मंसिर, २०७८

|
1020

काठमाडौं । फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष धु्रब थापाले नाडा अटोमोबाइल्स एशोसियसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

अटोमोवाइल क्षेत्रमा ३ दशक लामो अनुभव भएका थापा यस अघि दुई कार्यकाल उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । 

पश्चिमाश्चल अटोमोवाइल डिलर्स एशोसिएसनको अध्यक्ष हुँदै नाडाको केन्द्रीय समितिमा पुगेका उनले बिहीवार एक कार्यक्रमककोबीच थापाले आफ्नो समूहका सदस्यहरु सार्वजनिक गर्दै प्यानल घोषणा गरेका हुन् । 

थापाको प्यानमा नाडाको वर्तमान कार्य समितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया रहेका छन्।

त्यस्तै प्यानलमा नमुना श्रेष्ठ पनि रहेकी छिन् । थापाले अमरज्योति रञ्जित,बि.एन.पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, प्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगन बि.एस. कंसाकार, संजय खेतान रहेका छन् ।

अटोमोवाइल क्षेत्रमा ३ दशक लामो अनुभव भएका थापा यस अघि दुई कार्यकाल उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । नाडालाई सबै अटो ब्यवसायीको साझा संस्था बनाउन आफूले भूमिका खेल्ने उनको भनाई छ ।

भवन निर्माणको लागि पहल गर्ने, आफ्नै भवनमा काम गर्ने वातावरण सिर्जना गर्ने, नीतिगत योजना, सचिवालय सुधार कार्य, नाडा अटो शो कार्यविधि, र प्याटेन्ट दर्ता, डाटा हव निमार्ण कार्य अघि बढाउने, सामाजिक उत्तरदायित्व विस्तार गर्ने जस्ता प्रतिबद्धता थापाले गरेका छन् ।

बुधवार सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरि सकेका छन् ।

अटोमोवाइल व्यवसायीहरुको संगठन नाडा एशोसियशन अफ नेपालको निर्वाचन आगामी २२ र २३ मंसिरमा हुँदैछ । निर्वाचित अध्यक्षसहितको सदस्यले अन्य कार्यसमिती पदाधिकारीहरुको टुंगो लगाउने छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.