add

नाडा अध्यक्षमा करण चौधरीको उम्मेद्वारी घोषणा, को-को छन् टिममा ?






ActPro Nepal

|

१५ मंसिर, २०७८

|
882

काठमाडौं । सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

चौधरीले आफ्नो समूहका सदस्यहरु सार्वजनिक गर्दै प्यालन घोषणा गरेका हुन् ।  

सवै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो रुपमा अगाडि बढाउने उद्देश्यका साथ उम्मेद्वारी दिएको बताएका छन् । 

चौधरीको प्यानलमा अटोमाबाईल क्षेत्रमा लामो अनुभव बोकेका व्यवसायीदेखि नयाँ युवा पुस्ताका समेत समेटिएका छन् । 

प्यानलमा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती (सुरेश), विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणी पाठक (राम), पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन् । 

अटो मोवाइल व्यवसाय  सरकारलाई सर्वाधिक कर बुझाउने एवम् निजी क्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय भएको हुनाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउन सरकारको नीतिगत रुपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम गर्ने समेत उद्देश्य रहेको उनले बताएका छन्  ।

अटोमोवाइल व्यवसायीहरुको संगठन नाडा एशोसियशन अफ नेपालको निर्वाचन आगामी २२ र २३ मंसिरमा हुँदै छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.