add

जगदम्बा मोटर्सद्वारा एनटर्कियनको परिवारमा ५०,००० सदस्य पुगेको उपलक्ष्यमा एनटर्कियन राइडको आयोजना सम्पन्न






ActPro Nepal

|

१८ असोज, २०७८

|
527

काठमाडौ । टिभियस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनका लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना गरेको थियो। 

यो राइड असोज १६, गते शनिबारको दिन नक्सालको टिभियस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म भएको थियो। राइडको बीचमा महालक्ष्मीस्थान, कौशलटार र भक्तपुरका टिभियसका शोरुमहरुका विक्रेताद्वारा स्वागतको पनि आयोजना गरिएको थियो। भेन्युमा पुगे लगत्तै आर्टिस्ट रोजिलिन श्रेष्ठसँगको लाइभम्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरुसँग एक अन्तर्क्रियात्मक सत्रको पनि आयोजना गरिएको थियो। 

यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै दर्ता गरिएका मध्ये चुनिएका एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएनक्लबको गठन गर्नु थियोे। यसले सबै राइडरहरुलाई एकअर्कासँग जुट्नका लागि र आफ्नो एनटर्किएन अनुभव एकअर्कासँग बाँढ्न मद्दत गरेको छ। 

लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइनदर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिएका थिए । यो राइड सबै सुरक्षा प्रोटोकलहरुलाई अपनाएर र नेपाल सरकारको अनुमति लिएर आयोजना गरिएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.