add

सवारी कर अब नागरिक एपबाटै तिर्न सकिने, यस्तो छ व्यवस्था






ActPro Nepal

|

२२ असार, २०७८

|
809

काठमाडौं । अब नागरिक एपबाटै सवारीसाधन सम्बन्धी राजश्व तिर्न सकिने भएको छ ।

मुलुकमा पहिलो पटक वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत दर्ता भएका सवारी साधनको राजश्व भुक्तानी, नवीकरण, जरिवाना लगायत दस्तुर अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको हो ।

वाग्मती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले एक सूचना प्रकाशित गर्दै यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै अनलाइन प्रणालीमार्फत राजश्व भुक्तानीको व्यवस्था गर्न लागिएको जानकारी गराएको छ ।

आगामी साउन १ देखि भने नागरिक एपबाटै सवारी साधन सम्बन्धी राजस्व भुक्तानी गर्न सकिने जनाइएको छ । साथै, सवारीधनीले नागरिक एपमा रहेको ‘सवारी कर’ पोर्टलमा गएर आफ्नो सवारीसाधन सम्बन्धी विवरण अद्यावधिक गर्न सक्नेछन् ।

यातायात व्यवस्था सूचना प्रणालीको वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर भेरिफाइ गरी सवारीसाधन सम्बन्धी विवरण प्रविष्ट गर्न सकिने मन्त्रालयले जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.