add

होन्डा हाइनेस सीबी ३५० को आजदेखि बिक्री खुल्ला, निषेधाज्ञाभर बुकिङ गर्दा ५० हजार छुट






ActPro Nepal

|

२५ जेठ, २०७८

|
671

काठमाडौं । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाको सीबी३५० डीएलएक्स बाइक आजदेखि नेपाली बजारमा औपचारिकरुपमा बिक्री सुरु गरेको छ। 

आकर्षक रेट्रो लुक्स मन पराउने बाइकपारखीका लागि निर्मित यो बाइकमा ३५० सिसीको इन्जिन रहेको छ । मोर्डन फिचरले भरिपूर्ण यो बाइक सिंगल टोन ३ विभिन्न रङमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

बाइकमा रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल कन्सोल, रिङ टाइप विंकरसहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एन्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिटलगायतका विशेषता छन् ।

निषेधाज्ञा अवधिभर सो बाइक बुकिङ गर्ने ग्राहकले ५० हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ। होन्डाका सोरुमहरु वा होन्डा नेपालको वेबसाइटमार्फत सो बाइक बुकिङ गर्न सकिनेछ। बुकिङका लागि न्युनतम २५ हजार रुपैयाँ बुझाउनु पर्नेछ।

आजदेखि बिक्री प्रारम्भ भएको सो बाइकको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.