add

टाटा मोटर्सले बढायो ‘यात्रुबाहक सवारी’ को मूल्य, बुक गर्नेलाई पुरानै मूल्यमा






ActPro Nepal

|

२६ वैशाख, २०७८

|
809

काठमाडौं । टाटा मोटर्सले गाडीको मूल्य बढाएको छ । भारतीय कम्पनी टाटाले गत शुक्रबारदेखि लागू हुने गरि ‘पेसेन्जर भेइकल’ अर्थात यात्रुबाहक सवारीसाधनको मूल्य बढाउने घोषणा गरेको हो ।

तर मे ७ तारिख भन्दा अगाडी गाडी बुक गरेकाहरुले भने पुरानै मूल्यमा गाडी खरिद गर्न सक्ने छन् ।

मोडल र भेरियन्ट अनुसार मूल्य वृद्धि दर केहि तलमाथि रहेपनि औसतमा १.८ प्रतिशतले मूल्य बढाईएको कम्पनीले जनाएको छ ।

स्टिल लगायतका कच्चा पदार्थको मूल्य बढेसंगै सवारीको मूल्य बढाउनु परेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले कमर्शियल भेईकलुको मूल्य भने गत जनवरी मै बढाएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.