add

किया नेपाल र धनगढी फुटबल क्लबबीच साझेदारी, नेपाल सुपर लिग २०२१लाई कियाले प्रायोजन गर्ने






ActPro Nepal

|

११ वैशाख, २०७८

|
592

काठमाडौँ ।  किया नेपालले नेपाल सुपर लिग २०२१ का लागि धनगढी फुटबल क्लबसँग साझेदारी गरेको छ ।  

नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने सातवटा टिमको टुर्नामेन्ट हो, जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फम्र्याट (हरेक टिमले सबै टिमसँग खेल्नै पर्ने) मा खेलिन्छ । 

नेपाल सुपर लिग नेपालमा पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो । यो बैशाख ११ देखि बैशाख २५ (अप्रिल २४ देखि मे १५)सम्म काठमाडौंमा हुने तय भएको छ । 

किया सधैं खेलको दुनियाँसँग जोडिँदै आएको छ । किया विभिन्न टुर्नामेन्टहरुलाई सफल बनाउन मुख्य प्रायोजकको भूमिकामा सहभागी हुँदै आएको कम्पनी पनि हो । 

किया अस्ट्रेलियन ओपन, फिफा वल्र्ड कपमा अफिसियल अटोमोटिभ पार्टनर, विश्वकै सबैभन्दा ठूलो प्रोफेसनल फुटबल क्लब तथा युरोपका ५४ मुलुक सहभागी हुने प्रतिस्पर्धा युइएफए युरोपा लिग, नेशनल मोटरस्पोर्टस जस्ता खेलहरुमा आबद्ध छ ।

त्यसैगरी किया नेपाल पनि नेपाल सुपर लिगले नेपाली फुटबललाई माथि उकास्न मदत गर्नेमा विश्वस्त छ । यो कम्पनी फुटबलको विकासमा योगदान गर्न तथा खेलाडीलाई अझ व्यावसायिक तवरले अघि बढ्न मद्दत गर्न चाहन्छ । 

किया र धनगढी फुटबल क्लबको साझेदारीसँगै उक्त क्लबका खेलाडीहरुको जर्सीमा कियाको लोगो देख्न पाइने छ । त्यसैगरी, अनलाइन डिजिटल कन्टेन्ट र अन्य गितिविधिमार्फत पनि ब्रान्ड सचेतना जगाइने छ । किया नेपाल प्रतिस्पर्धाका बेला सबै खेलाडीलाई महामारीबाट सुरक्षित राख्न आवश्यक सुरक्षा उपाय र पूर्व सावधानी अपनाउने प्रतिबद्धता जनाउँदछ । 

कियाले धनगढी फुटबल क्लब टिम जर्सीसँगै आफ्नो नयाँ लोगो पनि देशव्यापी रुपमा सार्वजनिक गर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.