add

टाटा मोटर्सको पाँचौ ग्लोबल सर्भिस क्याम्प फागुन १६ गते सम्म चल्ने






ActPro Nepal

|

९ फागुन, २०७७

|
808

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्गले ग्लोबल सर्भिस क्याम्प यही फाल्गुन ५ देखि १६ गते सम्म संचालनमा ल्याएको छ । क्याम्प बिहानको ९ः३० देखि साँझको ५ः३० सम्म संचालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार टाटाका कमर्सियल गाडी धनिहरुलाई सहजता प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्पको आयोजना गरेको हो । २८ मंसिर देखि सुरु भएको ५आंै टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो तेस्रो चरणको सर्भिसिङ क्याम्प हो ।

सिप्रदीका कमर्सियल गाडीको ग्राहक सेवाका प्रमुख साम्देन छिरिङ्ग लामाकाअनुसार ग्लोबल सर्भिस क्याम्प हाम्रा ग्राहकवर्गहरुलाई निकै नै लाभदायी साबित भएको र ग्राहकहरुको आग्रहमा यो टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पलाई तेस्रो चरणबाट निरन्तरता दिइरहेको जानकारी दिए । साथै यो सर्भिस क्याम १० दिनको भएको र अघिल्लो चरणको सर्भिस क्याम्प छुटाउनु भएको ग्राहकहरुलाई यो अवसरको फाइदा उठाउन आग्रह गरे ।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ४८ विभिन्न स्थानहरुमा आयोजित गरिएको छ । यस ग्लोवल सर्भिस क्याम्पअन्तर्गत टाटा मोटर्स सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ ।

लेवर चार्जमा २५५ छुट, निःशुल्क इन्जिन आयल टप अप, निःशुल्क इन्जिन आयल टप अप, टाटा जेन्युइन स्पेयर पार्टसमा १०५ छुट, लुब्रिकेन्टस् मा १८५ छुट, टाटा जेन्युइन स्पेयर पार्टसमा ६ महिनाको वारेन्टीका साथै निःशुल्क ४७ प्वाइन्ट चेक जाँच, निःशुल्क कम्प्युटर डाइग्नोसिस र सर्भिस क्याममा सहभागी ग्राहकहरुलाई निःशुल्क २०० को मोबाइल रिचार्ज यो सर्भिस क्यामका आकर्षणहरु रहेको सिप्रदीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.