add

५७ लाख ९० हजार पर्ने एम भि अगष्टा ब्राण्डको मोटरसाइकल नेपाली बजारमा भित्रियो






ActPro Nepal

|

५ पुष, २०७७

|
840

काठमाडौं । नेपालमा प्रिमियम स्पोर्टस् बाइकको क्रेजलाई मध्यनजर गर्दै भेलोसिटी प्रालिले बजारमा एम भि अगष्टाको ४ नयाँ मोडलहरु नेपाली बजारमा भित्राएको छ ।

सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेकोे एम भि अगष्टा आजको दिनमा इटालियन मोटरसाइकल उत्पादन गर्ने एक बहुप्रतिष्ठित कम्पनीको रुपमा स्थापित भएको छ ।

कम्पनीले नेपाली बजारमा हालैमात्र ब्रुटाले ८०० आरआर, ड्रयागेष्टर ८०० आरआर पिरेली एडिशन, टुरिज्मो भेल्भो ८०० र ड्रयागेष्टर ८०० आरआर अमेरीका एडिशन नेपाली बजारमा भित्राएको हो ।

ब्रटाले ८०० आरआरकोे मूल्य ४८ लाख ९० हजार, ड्रयागेष्टर ८०० आरआर पिरेली एडिशनको ५९ लाख ९० हजार ड्रयागेष्टर ८०० आरआर अमेरीका एडिशनको मूल्य ५७ लाख ९० हजार रुपैयाँ रहेको छ ।

एम भि अगष्टामा सर्वोत्कृष्ट पर्फमेन्सका साथै प्रतिष्ठित डिजाईन रहेको छ र यसमा एडभान्स तथा उच्चस्तरीय पदार्थ र इन्जिनीयरिङ्ग टेक्नोलोजी प्रयोग गरिएको छ ।

एम भि अगष्टाको हरेक मोटरसाइकलहरु अटोमेसन नभई दक्ष व्यक्तिहरुको हातबाट जडान गरिएको छ ।

काठमाडौंको एस जे मोटो, कान्तिपथ मार्फत ग्राहकहरुलाई भेलोसिटी प्रालिले बिक्री–वितरण, सर्भिस, स्पेयर पार्टस् तथा एसेसोरिजहरु प्रदान गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.