काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण तथा रोकथामका लागि बन्द भएको सवारी चालक अनुमतिपत्रको आवेदन खुल्ने भएको छ । सरकारले सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुला गर्न लागेको हो ।
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै अनलाइनमार्फत् फारम भर्न सकिने जनाएको छ । सूचनामा उल्लेख भए अनुसार प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र त्यस अन्तर्गत कार्यालयको माग अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम खुला हुनेछ ।
आवेदन दिन इच्छुक व्यक्तिले प्रदेशको सम्बन्धित मन्त्रालय र यातायात कार्यालयमा गएर आवेदनका लागि सम्पर्क गर्न सक्नेछ । त्यसका लागि सरकारले सातै प्रदेशका विभागीय मन्त्रालयका सूचना अधिकारी र सम्बन्धित व्यक्तिको नम्बर उपलब्ध गराएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।