add

जाडोमा मोटरसाईकल वा स्कुटर चलाउँदा यी कुरामा ध्यान दिनुस्






ActPro Nepal

|

५ मंसिर, २०७७

|
1382

काठमाडौं । जाडो बढ्दो क्रममा छ । यो मौसममा मोटरसाइकल चलाउन निकै चुनौतीपूर्ण हुन्छ ।

चालकहरुले चिसो याममा आफ्नो गतिमा ध्यान दिनुपर्छ । यस्तो अवस्थामा तीव्र गति लिनु र सवारी लेन बेवास्ता गर्नु ठूलै जोखिम निम्त्याउनु पनि हुन्छ । सवारी नियमको पालना गर्दै सुरक्षित पहिरन प्रयोग गरेर गरी मोटरसाइकल चलाउनु पर्छ ।

यस्तोमा चिसो मौसममा मोटरसाइकल चलाउदाँ केही कुरामा विशेष ध्यान दिनुपर्छ ।

मोटरसाइकलमा ध्यान दिनुपर्ने कुरा

१. इञ्जिन राम्रोसँग तताउने


मोटरसाइकलमा बाहिर निस्कनुअघि इञ्जिनलाई राम्रोसँग तताउनुपर्छ । यसो गर्दा बिचमा स्टाट रोकिने सम्भावना कम हुन्छ । यसका साथै जाडो मौसममा पेट्रोल र मोबिल बाक्लो हुने र पाइपमा राम्रोसँग तेल पास नहुने सम्भावना पनि हुन्छ ।

२. पेट्रोल ट्याङकीमा पानी नपार्ने


चिसो मौसममा मोटरसाइकलको पेट्रोल ट्याङकीमा पानी पार्नु हुँदैन । चिसो मौसममा पानी सजिलै जम्ने भएको कारण यदी ट्याङ्कीमा पानी पर्यो भने त्यो पनि जम्न सक्छ । जसको कारण पेट्रोल राम्रोसंग पास हुन सक्दैन् ।

३. समय समयमा पेट्रोल पाइप र मोबिल जाने पाइप सफा गर्ने

पेट्रोल पास हुने पेट्रोल पाइप र मोबिल जाने पाइपलाई समय समयमा सफा गरिरहनुपर्छ । यी पाइपमाम कुनै कारणबस पानी पर्यो भने पानी जम्ने र जसको कारण पेट्रोल तथा मोबिल पास हुन पाउदैन् ।

यसका साथै चिसो मौसममा मोटरसाइकल सफाइमा पनि विशेष ध्यान दिनुपर्छ । यो मौसममा मोटरसाईलको विभिन्न भागहरुमा पानी जम्ने र खियाँ लाग्ने भएको कारण समय समयमा सफा गरिरहनुपर्छ ।

यो त भयो मोटरसाइकलमा ध्यान दिनुपर्ने कुरा, मोटरसाइकल चलकले पनि चिसो मौसममा धेरै कुरामा ध्यान दिनुपर्छ । जुन निम्न छन्ः

१. फुल हेलमेट र चस्माको प्रयोग


मोटरसाइकल चालकले चिसो मौसममा मोटरसाइकल चलाउँदा चिउँडोसम्म ढाक्ने किसिमको हेलमेटको प्रयोग गर्नुपर्छ । यस्तो हेलमेट जाडोबाट बच्नको साथै सुरक्षाको हिसाबले पनि निकै उपयोगी मानिन्छ ।

यसका अलवा जाडो मौसममा चस्माको प्रयोग गर्दा आँखामा चिसो हावा पर्न पाउदैन् जसको कारण आँखाबाट आँसु आउदैन् जसले सम्भावित दुर्घटनालाई कम गर्नमा सहयोग गर्छ ।

२. फग लाइटको प्रयोग


जाडो मौसममा धेरै मात्रामा हुस्सु लाग्छ जसले सडकका गाडीहरु राम्रोसंग देखिदैन् । तराई र पुर्वी क्षेत्रमा हुस्सुकै कारण प्रत्येक वर्ष धेरै मानिसहरुको ज्यान जाने गर्छ ।

यस्तो अवस्थामा मोटरसाइकलमा फग लाइटको प्रयोग गर्नुपर्छ । जसले हुस्सुमा पनि सजिलै देख्न सकिन्छ र हुस्सुको कारण हुने सम्भावित दुर्घटनाबाट बचाउछ ।

३. तातो लुगा र पञ्जाको प्रयोग

जाडो समयमा हावा नछिर्ने किसिमको तातो ज्याकेट वा लुगाको प्रयोग गर्नुपर्छ । तर, जाडो छ भन्दैमा मोटो र मोटरसाइकल चलाउँदा अप्ठ्यारो हुने किसिमको लुगा पनि लगाउन हुँदैन । यसले झनै दुर्घटना हुने सम्भावना बढी हुन्छ । यसकारण हावा नछिर्ने चिसोबाट बचाउने र मोटरसाइकल चलाउँदा सजिलो हुने ज्याकेटको लगाउनु पर्दछ ।

जाडोमा मोटरसाइकल चलाउँदा सबैभन्दा आवश्यक कुरा हो, पञ्जा । एक्सिलेटर, क्लज र ब्रेक सजिलैसँग चलाउन मिल्ने र जाडोबाट बचाउने खालको पञ्जा लगाउनुपर्छ ।

४. गति कम गर्ने

चिसो मौसममा सडकमा सडकमा शीत झर्ने भएको कारण चिप्लो हुन्छ । शीत जमेको ठाउँमा मोटरसाइकलको पाङग्रा पर्दा चिप्लन सक्ने र जसको कारण ठूलो दुर्घटना हुने भएको कारण सकेसम्म गति कम गरेर बाइक चलाउनुपर्छ ।

यसका अलवा रातको समयमा यात्रा गर्नुपरेको अवस्थामा सामान्य लाइटमा पनि टल्नके टाढैबाट देखिने लुगा लगाउनु पर्छ, यसले रातको समयमा हुने दुर्घटनालाई कम गर्छ । (एजेन्सीको सहयोगमा)


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.