add

बजेटमा कुनै सुधारका कार्यक्रम छैनन्, आर्थिक बेथितीलाई रोक्न सक्दैन : कांग्रेस






ActPro Nepal

|

१५ जेठ, २०८१

|
493

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा कुनै सुधारका कार्यक्रम नरहेको बताएका छन् । बजेटले आर्थिक बेथितीलाई रोक्न नसक्ने पनि बताए।

अर्थमन्त्री वर्षमान पुनले संसदमा बजेट बक्तव्य प्रश्तुत गरेपछि सञ्चारमाध्यमहरूलाई प्रतिक्रिया दिँदै महतले उक्त भनाई राखेका हुन्। उनले ठूलो आकारको बजेट बनाउने कुरामा ‘ब्रेक’ लागे पनि बजेट वास्तविकता भन्दा माथि रहेको पनि बताए।

‘दशक लामो नै सुधार गर्ने भन्नु भएको छ। तर त्यो सुधार्ने कार्यक्रम छैन। बजेट कनिका छर्ने प्रबृत्तिको छ । यसले गर्दा ठूला आयोजना सम्पन्न हुने कुरामा शंका छ,’ डा.महतले भने।

पूर्वअर्थमन्त्री महतले बजेटमा सुधारको बाटोमा जाने भनिए पनि सुधार कहाँ गर्ने भनेर देखाउन नसकेको बता । बजेटमा स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाउने कुरा ठिक नभएको पनि बताए।

‘त्यसरी हटाउँदा आन्तरिक व्यापारीलाई कुनै सहयोग हुँदैन,’ महतले भने, ‘व्यापारीहरूको सेटिङको प्रभावमा त्यसलाई मद्दत हुनेगरी भ्याट हटाइएको छ।’ महतले विनियोजनमा प्राथमिकताको कुरा पनि नभएको भनाई राखे।

‘धेरै विषयवस्तु छुने कोसिस गरिएको छ, परिणाम आउने देखेको छै । बजेटरी अनुसासनलाई अवरुद्ध पार्नु भएको छ,’ उनले भने, ‘यो बजेटले जे बोलेको छ, त्यो पुरा हुन्न । बजेटमा देखिएको बेथितीको कार्ययोजना अघि बढाउने देखिन्न।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.