add

क्वारेन्टिनको रुपमा प्रयोग गर्ने होटलहरुको सूची सार्वजनिक,कुन-कुन होटल परे सूचीमा ?






ActPro Nepal

|

२५ जेठ, २०७७

|
1010

काठमाडौं। सरकारले विदेशबाट उद्धार गरेर ल्याउने नेपालीहरुलाई राख्न क्वारेन्टिनको रुपमा प्रयोग गरिने होटलहरुको नाम सार्वजनिक गरिएको छ ।

सरकारले उद्धार गरेर ल्याइएकाहरुलाई एकतारेदेखि पाँचतारे होटलहरुमा राख्ने तयारी गरेको छ ।

छनोटमा काठमाडौं उपत्यकासहित चितवन, रुपन्देही र पोखराका चार तारेको संख्या–३, तीन तारेको–९, दुई तारे–२, एक तारे–५ र पर्यटक स्तरका–२८ होटल रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् ।

ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् ।

होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ । होटलको स्तर अनुसार यहाँ बस्नेले न्यूनतम २ हजार रुपैयाँदेखि अधिकतम १६ हजारसम्म तिर्नुपर्ने छ ।

सरकारले कोरोनाबाट प्रभावित विभिन्न देशबाट पहिलो चरणमा करिब ३५ हजार नेपालीको उद्धार गर्ने कार्यतालिका बनाएको छ । यसरी ल्याइने नेपालीलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राखिनेछ ।

सरकारले सार्वजनिक गरेका होटलको सूची :-




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.