add

बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद






ActPro Nepal

|

२७ भदौ, २०८१

|
190

भद्रपुर । झापाको स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका १३ करोड ७३ लाख ८९ हजार ३३ रुपैयाँ बराबरका बिलबिजक नभएका सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो । गैरकानुनी ढङ्गले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

प्रहरीले आव २०७८/७९ मा रु ४ करोड ५ लाख ६ हजार १८१, आव २०७९/८० मा रु ३ करोड ९८ लाख ३६ हजार ३६४ र आव २०८०/८१ मा रु पाँच करोड ७० लाख ४६ हजार ४८८ को भन्सार छलीका सामान बरामद गरेको हो ।

प्रवक्ता चन्दका अनुसार प्रहरीले ३ वर्षमा रु १करोड ७८ लाख ९७ हजार ८४६ मूल्यका ४ हजार २८९.४१ क्यूबिक फिट अवैध काठ नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध काठका साथमा ३८ जना मानिस पक्राउ गर्नुका साथै ४९ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आव २०७८/७९ मा एक हजार २६८ क्यूबिक फिट, आव २०७९/८० मा २ हजार ४७२ क्यूबिक फिट र आव २०८०/८१ मा ५४९.४१ क्यूबिक फिट काठ नियन्त्रणमा लिएको हो ।रासस



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.