add

उपत्यकामा ट्राफिक चेकिङमा कडाइ, ८ लाख बढी परे कारबाहीमा






ActPro Nepal

|

२८ जेठ, २०८१

|
354

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने ८ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने ८ लाख ४ हजार २७२ सवारीचालकलाई कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले लेन अनुशासन, तीव्र गति, मादक पदार्थ सेवन, जथाभावी हर्नलगायत विभिन्न कसुरमा ती सवारीचालकहरुलाई कारबाही गर्दा रु ५७ करोड ८४ लाख १९ हजार राजस्व सङ्कलन गरिएको जानकारी दिए ।

कारबाही गरिएकामध्ये लेन अनुशासनमा ५० हजार ७०१, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ हजार ८३, तीव्र गतिमा सवारी चलाउने १ लाख ८ हजार ८३४, रातो बत्ती बलेको बेला सवारी चलाउने २६ हजार १३६ सवारीचालक रहेका छन् ।

फुटपाथमा सवारी पार्किङ गर्ने १ लाख ५ हजार ५, ट्राफिक एपबाट १ हजार २२४, बढी भाडा लिने ३०७, जथाभावी हर्न बजाउने ८ हजार ७९९ सवारीचालक कारबाहीमा परेका छन् । अवस्था ठीक नभएको ५६ हजार ५१४, ओभरलोड ५ हजार ५७८, क्यूआरटीमार्फत ८२ हजार ९८४, सीसीटीभीबाट ५३ हजार ४६६ सवारीचालकलाई कारबाही गरिएको प्रवक्ता श्रेष्ठले बताए।

ट्राफिक कार्यालयले ह्विल लकमार्फत २० हजार १६४, सवारी साधनबाट निस्कने प्रदूषणमा १ हजार ३२२, जेब्राक्रसमा ३४८ जनालाई कारबाही गरेको छ । सो अवधिमा कार्यालयले मापसे, लेन र रातोबत्ती क्रस गर्ने २ लाख १ हजार २५४ चालकलाई ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

उपत्यकाका विभिन्न विद्यालयका २५ हजार तीन सय २७ विद्यार्थी, ५८ हजार ५४७ सर्वसाधारण तथा पैदलयात्री, ४१ हजार ९६२ चालक तथा सहचालकलाई ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआइजी)को नेतृत्वमा १ हजार ८०० ट्राफिक प्रहरी उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट परिचालित छन् । हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.