add

सात महिनामा ४७ दुर्घटना, २२ को मृत्यु






ActPro Nepal

|

१७ फागुन, २०७९

|
284

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सात महिनामा ४७ सवारी दुर्घटनामा हुँदा २२ जनाको मृत्यु भएको छ। 

यस अवधिमा एक सय ४८ घाइते भएका छन्। तीमध्ये ६१  गम्भीर र ८७ सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांकले देखाएको छ। 

प्रहरी कार्यालयको तथ्यांकअनुसार सात महिनाको अवधिमा मङ्सिर महिनामा सवारी दुर्घटना धेरै भएको छ। 

यस्तै दुर्घटनाबाट सबैभन्दा धेरै पनि सोही महिनामा आठ जनाले ज्यान गुमाएका छन्। क्रमशः साउनमा तीन जना, भदौ, असोज र माघमा एक/एकजना, कात्तिकमा छ जना र पुसमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए। 

जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा एक सय १३ वटा सवारी दुर्घटनाबाट ४६ जनाले ज्यान गुमाएका थिए भने दुई सय २० जना घाइते भएका थिए। 

२०७८/७९ मा ९५ वटा सवारी दुर्घटनामा परी ४१ जनाको मृत्यु र दुई सय ४८ जना घाइते भएको सूचना अधिकारी पाठकले बताए। 

सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.