add

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियु अध्यक्षमा १२को उम्मेदवारी दर्ता






ActPro Nepal

|

३० फागुन, २०७९

|
592

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा १२ जनाको उम्मेदवारी कायम भएको छ । सो पदमा विभिन्न विद्यार्थी संगठनबाट ९ जना र स्वतन्त्र उम्मेदवार ३ गरी १२ जनाको उम्मेदवारी कायम भएको निर्वाचन समितिले सोमबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा उल्लेख छ ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार रुमकान्त केसी र क्रान्तिकारी विद्यार्थी आन्दोलनको तर्फबाट उम्मेदवारी दिएका विक्रम केसीले भने फिर्ता लिएका छन् ।

सोमबार बिहान ११ बजेदेखि १ बजेभित्र उम्मेदवारको नाम फिर्ताको समय तोकिएकोमा सो समयभित्र दुई जनाले मात्रै उम्मेदवारी फिर्ता लिएको हो ।

निर्वाचन चैत ५ गते हुने छ । जसमा त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा विभिन्न पदको लागि प्रत्यक्षतर्फ ६२ जनाको उम्मेदवारी कायम भएको छ ।

अध्यक्ष पदमा नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट प्रविन लाखाजु, अनेरास्ववियुबाट प्रकाश विष्ट, स्वतन्त्र विद्यार्थी समूहबाट अर्जुन बगाले, नेविसंंघबाट श्यामराज ओझा, अखिल ९क्रान्तिकारी० बाट विपिन विक छन् । त्यस्तै अनेरास्ववियूबाट समीर गौतम, अखिल क्रान्तिकारी विप्लवबाट मदन केसी, नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट विष्णुबहादुर बडैला, अखिल क्रान्तिकारी संयुक्तबाट प्रबल भण्डारीले उम्मेदवारी दिएका हुन् । दीपकराज जोशी, ललितजन रावल, मिलन बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

२१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुनेछन् । त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीबाट उपाध्यक्ष र सहसचिवसहित १० जना उम्मेदवार निर्वाचित हुनेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.