add

चिसो बढेपछि धमाधम विद्यालय बन्द गर्दै मधेसका स्थानीय तह






ActPro Nepal

|

२० पुष, २०७९

|
623

काठमाडौं । दिउँसो चल्ने हिसो हावा र शीतलहरका कारण अत्यधिक चिसो बढेपछि मधेस प्रदेशका स्थानीय तहहरूले धामाधम सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय गर्न थालेका छन् ।

अत्यधिक चिसो बढेपछि हालसम्म मधेस प्रदेशका चार जिल्ला (धनुषा, महोत्तरी, सिरहा र बारा) का १५ स्थानीय तहले सामुदायिक विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । धनुषाका जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका, हंसपुर नगरपालिका र मिथिला बिहारी नगरपालिका गरी चारवटा पालिकाहरूले चिसोको कारण सामुदायिक विद्यालयको पठनपाठन बन्द गरेका हुन् ।

त्यसैगरी, महोत्तरीका ७ नगरपालिका र २ गाउँपालिका गरी ९ पालिकाले चिसोको कारण जाडो बिदा दिएका छन् । महोत्तरीका रामगोपालपुर, औरही, जलेश्वर, लोहारपट्टी , मनरासिस्वा , भंगहा र मट्टिहानी नगरपालिकाले जाडो बिदा दिएका छन् । त्यसैगरी महोत्तरीकै पिपरा गाउँपालिका, सोनमा गाउँपालिकाले पनि जाडो बिदा दिएका हुन् ।

जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकाले पुस २६ गतेसम्म र बाँकी पालिकाहरूले पुस २२ गतेसम्मको लागि बिदा दिएका हुन् ।

त्यस्तै, सिरहाका मिर्चैया नगरपालिका र बाराको कलैया उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरू पनि बन्द गर्ने निर्णय भएको छ । उनीहरूले अर्को सूचना जारी नभएसम्मका लागि जाडो बिदा दिने निर्णय गरेका हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.