add

डीएभी विद्यालयमा तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवं कार्यशाला गोष्ठी सुरु






ActPro Nepal

|

१७ मंसिर, २०७९

|
540

काठमाडौं । डीएभी  विद्यालयले शिक्षकहरुलाई लक्षित गर्दै तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवं कार्यशाला गोष्ठी शुक्रबार सुरु गरेको छ ।

उक्त प्रशिक्षण लगातार तीन दिन सम्म संचालन रहने छ ।

विश्वको जनसंख्याको २० प्रतिशत हिस्सा न्यूरो डाइभरजेन्ट रहेको र उनीहरुको शिक्षण फरक ढङ्गबाट हुनुपर्ने मान्यता न्यूरोडाइभरजेन्ट विद्वानहरुको रहेको छ । सोही अनुसार मुख्य प्रशिक्षक जोएल एस. गोडीले न्यूरो डाइभरजेन्ट विद्यार्थीहरुको पहिचान, उनीहरुलाई आवश्यक पर्ने शिक्षण विधि र प्रोत्साहन लगायतका विषय प्रस्तुत गरे ।

विश्वमा स्थापित शैक्षिक प्रणालीले बहुमत जनसंख्याको आवश्यकतालाई सम्बोधन गर्न सफल भए पनि न्यूरोइनक्लुजन धारणा विकसित राष्ट्रमा समेत नौलो रहेको फ्रान्सेली प्रशिक्षक क्याथेरिन गुईमार्डले बताइन् । उनले नेपालमा यस विषयप्रति चासो रहनु निकै खुशीको खबर समेत रहेको बताइन् ।

डी.ए.भी. विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले विद्यालयमा हरेक विद्यार्थीहरु खुशीका साथ पढ्ने अवसर पाउनुपर्ने मत आफूले राख्दै आएको र न्यूरोइनक्लुजन अवधारणाले विद्यार्थीहरुको अन्र्तनिहित क्षमता प्रस्फुटन गराउन सहयोग पुग्नेमा विश्वस्त थिइन् । ‘हरेक विद्यार्थीले शिक्षकको मनमस्तिष्कमा रहेको अनुभुति गर्न सक्नुपर्छ’ डा.रावले भनिन ।

एक कदम अगाडि बढ्दै उनले अभिभाबकहरुलाई समेत यस विषयमा प्रशिक्षण गर्न सके आफ्ना सन्तानको अभिभावकत्व कुशल ढङ्गबाट हुन सक्ने बिचार राखिन् । अध्ययनले बताए अनुसार न्यूरोडाइभरजेन्ट व्यक्तिहरुको दीमाग अत्यन्तै सक्रिय रहने गर्दछ र यसलाई उनीहरुको रुची अनुसार सहि दिशा निर्देशन गर्न सके उनीहरुले समाज, राष्ट्र र विश्वकै लागि अतुलनिय योगदान पु¥याउन सक्दछन् । तर यसलाई नबुझी सामान्य व्यक्ति अनुरुप शिक्षा दीक्षा दिए उनीहरु जीवनमा असफल रहने अध्ययनले देखाएको छ ।

प्रशिक्षणको दोस्रो दिन गोडी सँगै अष्ट्रेलियाली प्रशिक्षक वाटाली फीलिप्स—फाउन्डर न्यूरोगीफ्टेड र तेस्रो दिन सारा लुईस फाउन्डर वार्यड डीफ्रेन्टली, यू.के र सूइडेनी ईलीजावेथ विकल्याण्डरको पशिक्षण रहनेछ । उक्त प्रशिक्षणमा अनिमा नायर, गीथा सोलराज र रुप आनन्द आर. ले समेत आफ्नो विचार राखेका थिए ।

यसैबिच डी.ए.भी. विद्यालयका अध्यक्ष श्री अनील केडियाले सम्पूर्ण सहभागीहरुलाई तीन दिने प्रशिक्षणको शुभकामना दिदैँ यस अवधारणाले नेपालमा शैक्षिक जागरण ल्याउन सफल हुनेमा विश्वास व्यक्त गरे । अध्यक्षले आगामि शैक्षिक शत्र देखि न्यूरो डाइभरजेन्ट पाठ्यक्रम तयार पारी शिक्षण प्रव्रिmया अगाडि बढाउने जानकारी समेत गराए ।

अध्ययनले देखाए अनुसार विश्वविख्यात बैज्ञानिक, उद्योगपति, कलाकार लगायत अन्य पेषामा संलग्नहरु न्यूरोडाइभरजेन्ट रहेको मुख्य प्रशिक्षक जोएलले जानकारी गराए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.