add

सामुदायिक विद्यालयमा दिवा खाजा






ActPro Nepal

|

२९ माघ, २०७७

|
1602

काठमाडौं । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी घोषणा गरिएको दिवा खाजा कार्यक्रम विद्यालयहरूमा सुरु गरिएको छ । कोरोना भाइरस न्यून हुँदै भौतिक रूपमा विद्यालय सञ्चालन हुन थालेपछि विद्यालयमा दिवा खाजा सुरु गरिएको हो । योसँगै अब सामुदायिक विद्यालयमा अध्ययनरत देशभरका विद्यार्थीले विद्यालयमा खाजा खाँदै पठनपाठन अगाडि बढाउन पाउने भएका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलले विद्यालयहरू भौतिक रूपमा सञ्चालनमा आएसँगै विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । यसका लागि आवश्यक पर्ने बजेट स्थानीय तहमार्फत उपलब्ध गराइएको छ । केन्द्रका अनुसार एक विद्यार्थीलाई बढीमा १८० दिनका लागि खाजा रकम उपलब्ध गराइनेछ । कोरोना प्रभावका कारण विद्यालय पुनः सञ्चालनमा आउन बाँकी रहेका बाहेक अन्य विद्यालयमा विद्यालय खाजाको समस्या नहुने जनाइएको छ । 

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत मोतीराज खनालले काठमाडौं महानगरपालिका मातहतका सार्वजनिक विद्यालय माघ ११ बाट मात्र सञ्चालनमा आएका कारण धेरै विद्यालयमा भर्खरै मात्र दिवा खाजा कार्यक्रम सुरु गरिएको जानकारी दिए । यसका लागि विद्यालयले प्रतिदिन प्रतिविद्यार्थी १५ रुपियाँ खर्च गरी रकम निकासाको माग गरेपछि विद्यालयको खातामा पठाइनेछ ।

कर्णालीका विद्यार्थीले भने प्रतिदिन २० रुपियाँ पाउनेछन् । विद्यालयले विद्यार्थीलाई खाजा खुवाएपछि पछिल्लो महिनाको ७ गतेभित्र निकासाका लागि निवेदन दिनुपर्ने प्रावधान महानगरले बनाएको छ । सरकारी विद्यालयमा गरिब तथा विपन्न वर्गका विद्यार्थीको उपस्थिति धेरै हुने गरेकाले दिवा खाजाले सकारात्मक प्रभाव पर्ने विश्वास शिक्षा अधिकृत खनालले व्यक्त गरे । 

सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घका अध्यक्ष कृष्ण थापाले भौतिक रूपमा विद्यालय खुले लगत्तै दिवा खाजा कार्यक्रम सुरु हुनु सकारात्मक भएको उल्लेख गरे । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी ल्याइएको दिवा खाजा कार्यक्रम स्वागतयोग्य भएको बताए ।  गोरखापत्र दैनिक 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.