add

एसईई परीक्षाफल ढिलो प्रकाशित हुने






ActPro Nepal

|

७ साउन, २०७७

|
704

काठमाडौं । एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने भएको छ । करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेका कारण ढिलो हुने भएको हो । निरन्तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्ताङ्क पनिकामा पुग्न सकेको छैन ।

सुदूरपश्चिम र प्रदेश १ को पहाडी जिल्लाका केही जिल्लाका विद्यालयले अहिलेसम्म प्राप्ताङ्क उपलब्ध नगराएका कारण परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० ले करिब ३० जिल्लाबाट प्राप्ताङ्क नपठाएका कारण ढिलो हुने देखिएको छ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले अहिलेसम्म करिब ४५ जिल्लाबाट प्राप्ताङ्क आइपुगेको जानकारी दिए । जिल्ला शिक्षा समन्वय समितिले प्राप्ताङ्क पठाउनुपर्ने व्यवस्था छ । तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका कुनै पनि जिल्लाबाट नम्बरसहितको काजगात आएको छैन ।

‘साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरिरहेका छौं, अहिलेसम्म केही जिल्लाबाट प्राप्ताङ्क नआएकाले समस्या परेको छ’ –परीक्षा नियन्त्रक खकुरेलले भने ।

सबै समन्वय समितिले प्राप्ताङ्क पठाएपछि विद्यालयको कोड, सिम्बोल नम्बर र सबै विषयको प्राप्ताङ्क इन्ट्री गरेर परीक्षाफल प्रकाशित गर्ने प्रक्रिया शुरु गर्ने जनाएको छ । विद्यालयले तीनपटक सञ्चालन गरेको परीक्षाको अन्तिम मूल्याङ्कन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई इकाइले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था छ ।

मन्त्री परिषद्को बैठकले यो वर्षको एसईई परीक्षा विद्यालयलाई नै दिने निर्णय गरेको थियो । लगत्तै बोर्डले कार्यविधि तयार गरी परीक्षा प्रणाली शुरु गरेको थियो । पनिकाले २० गते विद्यालय र ३० गतेभित्र इकाइले अंक पठाउनुपर्ने गरी निर्देशन जारी गरेको थियो ।

पनिकाले क्वारेन्टाइन भएको विद्यालय, जिल्ला बाहिरको प्रअ र कक्षाशिक्षक भएका कारण परीक्षाफल प्रकाशित गर्न कठिनाइ हुन सक्ने अड्कल गरेको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.