add

लकडाउनको समयको पनि शुल्क बुझाउन निजी विद्यालयको ‘उर्दी’






ActPro Nepal

|

७ असार, २०७७

|
977

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूको छाता संगठन नेशनल प्याब्सन र प्याब्सनले अभिभावकलाई शुल्क तिर्न आग्रह गरेको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो ।

चैतको शुल्क नलिन सरकारले दिएको निर्देशनको अवज्ञा गर्दै नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले जारी गरेको विज्ञप्तिमा विद्यालयमा उपस्थित भई पूरानो शुल्क बाँकी रहेको भए चुक्ता र नयाँ शैक्षिक सत्रअनुसार विद्यार्थी भर्ना गरी शुल्क उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा चरम आर्थिक संकट भोग्नुपरेको निजी विद्यालय सञ्चालकहरूको भनाइ छ।

वैशाख महिनाबाट नयाँ शैक्षिक सत्र आरम्भ गर्नुपर्नेमा लकडाउनले प्रभावित तुल्याएपछि सरकारले असार १ गतेदेखि भर्चुअल र दूर शिक्षा प्रणालीबाट सिकाइलाई निरन्तरता दिन भनिसकेको छ ।

‘लकडाउनले विद्यालय बन्द हुँदा आम्दानी शुन्य भएको छ। विद्यालयमा आश्रित २ लाखभन्दा बढी शिक्षक, कर्मचारी र उनीहरूका परिवारले जीवनयापन कठिन भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भाडामा सञ्चालित विद्यालयले भाडा तिर्न सकेका छैनन्।’

भाडामा सञ्चालित विद्यालयहरूले भाडा तिर्न नसकेको, बैंकको ऋणको सावाँ–व्याज, किस्ता बुझाउन नसकेको अवस्थाले गर्दा मुलुकको शैक्षिक क्षेत्रमा ३० प्रतिशत हिस्सा ओगट्ने निजी शैक्षिक संस्थाको अस्तित्वमाथि नै प्रश्नचिह्न लागेको अवगत गराउन चाहन्छौं विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै नेपाल सरकाले अन्य क्षेत्र (जस्तै, उद्योग, पर्यटन, होटल, यातायात) का लागि बजेट मार्फत आर्थिक राहतका कार्यक्रम ल्याएता पनि हाम्रा निजी क्षेत्रका शैक्षिक संस्थाहरूका माग र अपरिहार्यता बमोजिम राहतका कुनै कुरा नेपाल सरकारको बजेट मार्फत सम्बोधन नभएको कुरा समेत यसै अपिल मार्फत अवगत गराउँदछौं,” उनीहरूले सरकारप्रति असन्तुष्टि पनि पोखेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.