add

कक्षा ११ र १२ को परीक्षा अर्को सूचना सार्वजनिक नहुँदासम्मको लागि स्थगित






ActPro Nepal

|

२५ चैत, २०७६

|
1137

काठमाडौं। सरकारले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ ।

मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले कोरोना भाइरस संक्रमणको जोखिमका कारण यी दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो । । कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण चैत ६ गतेबाट हुने एसईई पनि रोकिएको थियो ।

बोर्डले आगामी वैशाख ८ गतेबाट कक्षा १२ र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो।कक्षा ११ र १२ मा करिब ९ लाख ६२ हजार परीक्षार्थी रहेका छन् । ४ लाख ६२ हजार विद्यार्थी एसईईको तयारीमा रहेका थिए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.