add

‘लक डाउन’को अवस्थामा आफ्ना बालबालिकालाई घरमा सिर्जनात्मक कुरा कसरी सिकाउने ?






ActPro Nepal

|

१८ चैत, २०७६

|
782

काठमाडौं । विश्व नै लकडाउनको अवस्थामा छ र कोभिड–१९ ले महामारी रूप लिइरहेको यति बेला विश्वनै लकडाउनको स्थितिमा गुज्रिरहेको छ । नेपालले पनि लकडाउनको घोषणा गरिसकेको छ । यस बेला घरको सबै परिवार एकै ठाउँमा रहने समय भएको कारण बालबालिकाहरूलाई गूड टच र ब्याड टच सिकाउने उत्तम अवसर हो ।

यस लकडाउनको केही समय निकालेर बालबालिकाहरूलाई जीवनभर कामलाग्ने गूड टच र ब्याड टचको बारेमा सिकाउन सके यस समयको सही सदुपयोग हुन सक्छ ।

सरकारले अत्यावशेक बाहेक अन्य कार्यमा बाहिर ननिस्कनको लागिअपिल गरेसंगै अभिभावकलाई यो समयमा बच्चालाई कसरी सुरक्षित राख्ने र कस्तो प्रकारका शिक्षा दिने भन्ने चिन्ता बढ्न थालेको छ ।

यस्तो आपतकालिन अवस्थामा बच्चाहरलाई केही जीवन उपयोगी शिक्षा र सिर्जनात्मक दिन आवश्यक भएको कुरा ओम हस्पिटलका जनरल फिजिसियन परशुराम घिमिरे बताउँछन् ।

‘हाम्रो देशमा बालबालिकाहरुलाई सचेत पार्ने प्रकारका र केही शिक्षा दिने प्रकारका कामहरुको विदेशमा जस्तो अभ्यास नै हुँदैन् । हाम्रो मानसिकता घरमा बसेर केही गर्न मिल्दैन् भन्ने छ ।’

घिमिरेले भने, ‘यस्तो कार्यको अभ्यास गर्नु निकै आवश्यक छ । हाम्रो बालबालिकालाई यस्तो कुरा सिकाउन जरुरी छ । हरेक स्थान र परिस्थीतको समना गर्दै हरेक स्थानमा त्यसको फाइदा उठाउन सिकाउनुपर्छ ।’

सिर्जनात्मक कुरा कसरी सिकाउने ?

१ देखि ९ कक्षासम्म पढ्ने बालबालिकाहरु सबै कुरा प्रकारका हुने डा. घिमिरे बताउँछन् । सबैभन्दा पहिलो कुरा त बालबालिकालाई अहिलेको परिस्थितीको बारेमा सत्यतथ्य जानकारी दिन आवश्यक रहेको उनी बताउँछन् ।

‘हामी बालबालिकालाई सत्य कुरा भन्न डराउछौं । यो गलत बानी हो । बालबालिकालाई हरेक प्रकारका परिस्थितको बारेमा सत्यतथ्य जानकारी दिनुपर्छ ।’ घिमिरेले भने, ‘उनीहरुले पनि अहिलेको समस्या र परिस्थितीको बारेमा सबै जानकारी पाएपछि केही कुरा मनन गर्छन् बुझ्छन् र भनेको पनि मान्छन् ।’

सानो भन्दा सानो कुराको ज्ञान दिनुहोस्

हाम्रो व्यस्त जीवनशैलीको कारण आफ्नो बालबालिकालाई सिकानउन नपाएको केही जीवन उपयोगी कुराहरु सिकाउने अवसरको रुपमा यो समय र परिस्थितीलाई लिन् पर्ने पनि डा। घिमिरे बताउँछन् ।

‘सबैभन्दा पहिलो कुरा त यसलाई समस्याको रुपमा बुझ्नु हुँदैन् । यो एक अवसर हो र यसलाई पुर्ण रुपमा सदुपयोग गर्नुपर्छ भन्ने कुरा मनन् गर्नुपर्छ ।’ उनले भने, ‘कुनै धेरै ठूलो कुरा सिकाउन पनि पर्दैन् कतिपय बालकालिकालाई चामल कहाँ बाट आउछ भन्ने कुरा पनि थाहाँ छैन् ।

यदी हामीले यो समयमा धानलाई यसरी रोपिन्छ, यस्तो बोटमा फल्छ, यसरी धानबाट चामल निक्लन्छ र हामीले भातको रुपमा खान पाउछौं भन्ने कुरा बुझाउन मात्रै सक्यौं भनेपनि यो निकै ठूलो उपलब्धी हुन्छ ।’

यसका साथै प्रविधिको प्रयोग गरेर हरेक कुराको ज्ञान प्राप्त गर्न सकिने कारणले पनि घरमा प्रविधिको पुर्ण रुपमा प्रयोग गर्न सकिने कुरा घिमिरे बताउँछन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.