add

कोरोना भाइरसबाट कसरी बच्ने ?






ActPro Nepal

|

१८ चैत, २०७६

|
1282

काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस खोकी, श्वासप्रश्वास, जनावर तथा नपाकेको मासु आदिबाट मान्छेमा सर्ने जनाईएको छ  छुँदा, नजिकै रहँदा, हात मिलाउँदा, भाइरस रहेको सामान वा कपडा प्रयोग गर्दा पनि यो रोग एकबाट अर्कोमा सर्न सक्छ  ।

यो भाईरस जनावर र मानिसबीच सर्ने भाइरस भएको डाक्टरहरुले बताएका छन् । कोरोना भाईरसबाट संक्रमित व्यक्तिमा ज्वरो आउने र खोकी लाग्ने, छिटोछिटो सास फेर्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, गम्भीर भएमा निमोनिया हुने, मिर्गौलाले काम गर्न छोड्ने र ज्यान समेत जान सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस सी फूडसंग सम्बन्धित छ । अहिलेसम्म यस भाइरसबाट बच्न कुनै प्रकारको औषधि वा भ्याक्सिन बनेको छैन ।

यो रोगको लक्षण सामान्य रुघाखोकीको जस्तै हुन्छ संक्रमण नियन्त्रण नभएमा बिरामीको श्वासप्रश्वास प्रणाली फेल भएर मृत्यु हुन्छ  ।

कोरोनाको लक्षणहरु के के हुन् ?

कोरोना भाइरसको संक्रमण भएपछि मानिसमा १ सय दशमलव ४ डिग्री फरेनहाइट ज्वरो आउने, सुख्खा खोकि लाग्ने, घाटि दुख्ने वा चिलाउने, साँस फेर्न ग्राहो हुने, रुघा लाग्ने लगायतको लक्षण देखिन्छ ।

यो समस्या बिस्तारै निमोनियामा बदलिन्छ र किड्नीमा समेत समस्या देखा पर्न थाल्दछ । कोरोनाको संक्रमणबाट विशेषतः फोक्सोमा गम्भीर समस्या हुने गर्दछ ।

कोरोनाको संक्रमण हुनबाट बच्ने उपायहरु

१. लकडाउनका अवधीमा अनिवार्य घरभित्र बस्नुहोस् ।

२. मानिसबाट मानिसमा सहजै सर्ने भएकाले कोरोनाको प्रसार रोक्न सामाजिक दूरी बनाउनुहोस् ।

३. पटक पटक साबुन पानीले हात धुनुहोस् ।

४. अल्कोहल युक्त हैण्ड सैनिटाइजरबाट हात सफा गर्नुहोस् ।

५. खोक्दा, हाच्छ्यु गर्दा आफ्नो नाक मुख पाखुराले वा टिस्युले छोप्नुहोस् ।

६. रुघाखोकी लागेका मानिसबाट दूरी बनाउनुहोस् ।

७. रोग प्रतिरोधात्मक शक्ति बढाउने पोषक खानेकुरा खानुहोस् ।

८. माछामासु वा अण्डा मज्जाले पकाएर मात्र खानुहोस् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.