प्रधानमन्त्रीले आज देशवासीको नाममा सम्बाेधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बाेधन गर्ने भएका छन्।

प्रतिनिधिसभा विघटनका कारण र भावी दिशाका बारेमा जानकारी दिने उद्देश्यसहित प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बाेधन गर्न लागेका हुन्।

‘प्रधानमन्त्रीज्यूले आज देशवासीको नाममा सम्बाेधन गर्नुहुनेछ,’ प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

आफू निकट निवर्तमान सांसदहरूको भेला सम्पन्न भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रेस सल्लाहकार थापाले उक्त जानकारी दिएका हुन्।

प्रधानमन्त्री ओलीले आज दिउँसाे ३ बजे देशवासीको नाममा सम्बाेधन गर्नेछन्। सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।