संसद विघटन गर्नमन्त्रिपरिषद्‍को सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं। मन्त्रिपरिषद्को बैठकले संसद् विघटन गर्न सिफारिस गरेको छ। 

आज बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उर्जामन्त्री वर्षमान पुनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका थिए।

यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो। नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए। तर, प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ।

आजै मध्याह्न नेकपा स्थायी कमिटी बैठक बस्दै छ। त्यस अघि नै प्रधानमन्त्री ओलीले मन्त्रपरिषद् बैठक बाेलाएर निर्णय गराएका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।