प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान,अध्यादेश खारेजीलगायत विषयमा छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

उनले बिहीबार साँझको लागि बैठक डाकेका हुन् ।

बैठकमा गत मंगलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीलगायतका विषयमा छलफल तथा निर्णय हुने बुझिएको छ । 

अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधानअनुरुप मन्त्रिपरिषद्ले सोबारे निर्णय गर्न लागेको बताइन्छ ।

यसअघि बुधबार बसेको स्थायी कमिटी बैठकले सो अध्यादेश फिर्ता लिन निर्देशन दिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।