मर्जरका लागि हिमालयन बैंकले बनायो उपसमिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन बैंक लिमिटेडले मर्जरका लागि उपसमिति गठन गरेको छ । 

बैंक संचालक समितिले बैंकका संचालक सुनिल बहादुर थापाको संयोजकत्वमा मर्जर–एक्युजिसन उपसमिति गठन गरेको छ।

नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर–एक्युजिसनलाई प्रोत्साहन गर्ने नीतिलाई अनुसरण गर्दै बैंकले उपसमिति गठन गरेको जनाएको छ ।

सो उपसमितिले मर्जर–एक्युजिसनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको खोजीका साथै त्यसबारे अध्ययन विश्लेषणको कार्य गरिरहेको बैंकले जानकारी दिएको छ । यद्यपि हालसम्म मर्जरबारे कुनै निर्णय नभएको बैंकले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।