मेगा बैंकद्वारा सेवा बिस्तार, एकैपटक राजधानीको तीन ठाउँमा एक्सटेन्सन काउन्टर सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेगा बैंक नेपालले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

काठमाडौंको  गोकर्नेश्वोर नगरपालिको  नारायणटारमा ,कागेश्वरी मनोहरा नगरपालिका  स्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धी मोड र भक्तपुरको सूर्यविनायक नगरपालिकाको  गुण्डुमा मेगा बैंकको एक्सटेन्सन काउन्टरहरु  सञ्चालनमा आएका छन् ।

एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि बिभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु खोलिसकेको छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको हाल देशभर २०६ वटा शाखा र ३४ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।