देउवाको निवास बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दैछ ।

मंगलबार सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसबारे उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो । दिउँसो १ बजे पार्टीं सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठकले अध्यादेशबारे आधिकारिक धारणा तय गर्नेछ ।

प्रतिपक्ष दलका नेता र सभामुख बिना नै संवैधानिक परिषद्को निर्णय बहुमतबाट गर्न सक्ने गरी अध्यादेश ल्याएपछि कांग्रेसले यसको विरोध गरिसकेको छ । यसबारे औपचारिक धारणा तय गर्न बैठक बोलाइएको कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।