‘ओली सरकारकै कारण राजा आऊ, देश बचाऊ भन्न थाले, हामीलाई पनि सडकमा आउन बाध्य बनायो’-देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सडकबाट राजतन्त्रको माग हुन थालेको आरोप लगाएका छन् ।

देउवाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा सुनिन थालेको बताएका छन् ।

सरकार विरुद्ध कांग्रेसले आयोजना गरेको देशव्यापी प्रदर्शनका क्रममा हेटौंडा पुगेका सभापति देउवाले सरकारले जनताका लागि केही काम गर्न नसकेको आरोप लगाए ।

‘राजा आऊ देश बचाऊ भन्दै हिँडिरहेका छन्। किन यो भन्दै हिँडिरहेका छन् ?,’ देउवाले प्रश्न गर्दै भने, ‘ओलीकै कारणले राजा आउ देश बचाउ भनेर कराइरहेका छन्।’

देउवाले माओवादी र एमाले एकता भएसँगै कम्युनिष्टको सरकार आउँदा कसैले रुन पनि पाउँदैन भनेर आफूले भनेको सम्झँदै भने, ‘मैले कम्युनिष्ट पार्टी एक हुँदा भनेको थिएँ। कम्युनिष्ट जित्दा रुन पनि पाइँने छैन। किन रोइस् भनेर आउन बेर छैन। ‘कोरोना वा औषधि नपाएर रोए पनि ओलीको खिलापमा जस्तो लाग्छ। पक्रेर लैजाने अवस्था छ । यो सरकारले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको छ’ उनले भने।

देउवाले जनतालाई सडकमा भेला गरेर दुख दिने उद्देश्य आफ्नो नभएको बताएका छन्। आफूहरु बाध्यभएपछि सडकमा आएको उनको भनाइ छ ।

ओलीले एक दलिया सर्वसत्तावादी लागू गरेको छ कम्युनिष्ट शासन गरेको उनको आरोप छ। देउवाले वर्तमान सरकार कोरोना महामारी नियन्त्रण गर्न असफल भएको भन्दै भ्रष्टाचार र घुसमा भुलेको पनि बताए। कांग्रेसले अहिलेसम्म शून्य सहशीलता अपनाएको उनको दाबी छ।

‘देशमा एकतर्फी, एकलौटी शासन, बोल्ने लेख्ने अधिकार बन्द गर्न खोजिरहेको छ,’ उनले भने, ‘सर्वसत्ताबादी सरकार ल्याउन हामीले यो व्यवस्था ल्याएका होइनौँ। कोरोनाको महामारीको बेलामा जनता आज वाक्क भइसकेका छन्। देशभर आन्दोलन गर्नुपर्ने बाध्यता छ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।