६ अर्ब रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै केन्द्रीय बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको ६ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिलमा सोमबार बोलकबोल हुँदैछ। बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

केन्द्रीय बैंकले २८, ९१ दिन र ३६४ दिनका लागि सोमबार ट्रेजरी बिल जारी गर्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ।

कूल चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो। सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ। यस्तै दुई अर्ब रुपैयाँको ट्रेजरी बिल भने ३६४ दिने अवधिको रहेको छ।

सो बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुनेछ। बैंकले यसअघि मङ्सिर २२ गते १७ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।