संसद्को विशेष अधिवेशन बोलाऊ : प्रकाशशरण महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा।नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले तत्काल संसदको विशेष अधिवेशन बोलाउन माग गरेका छन्।

नेपाल प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतले जनताका सरोकारका प्रश्नको जवाफ दिन सरकारले संसद्को विशेष अधिवेशन बोलाउन आवश्यक रहेको बताए। 

कोरोना सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारको भूमिकाबारे प्रश्न उठिरहेको र जनता थप मारमा पर्दै आएको जनाउँदै अब बाध्य भएर पार्टीले सडक सङ्घर्षमा उत्रिने तयारी गरेको पनि महतले जानकारी दिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।