बैंक अफ काठमाण्डूको लाभांश पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बैंक अफ काठमाडौँको सोमबार सम्पन्न साधारण सभाले सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १३ प्रतिशत बोनस र कर सहित ३ प्रतिशत नगद सहित कुल १६ प्रतिशत लाभांश पारित भएको छ ।

बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा बैंकको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत सभा सम्पन्न भएको हो ।

साधारण सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार आव २०७६÷७७ वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

बैंकले सभा प्रयोजनका लागि कात्तिक २८ गतेदेखि सभा हुने दिनसम्म बुकक्लोज गरेको थियो । यसअनुसार कात्तिक २७ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।