वार्षिकोत्सवको अवसरमा सिभिल बैंकले रोजगारी गुमाएकालाई १० छाक खाना खुवाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिभिल बैंक स्थापनाको १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ। बैंकले १० औं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य गर्ने भएको छ ।

बैंकले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा ‘हाम्रो टिम नेपाल’सँग सहकार्य गरी कोरोना महामारीको कारण रोजगारी गुमाएर थापाथलीमा बसेकाहरूलाई १० छाक खाना खुवाउने भएको छ।

साथै, बैंकले मातातिर्थ बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल दिएको छ। कार्यक्रममा कोरोना संक्रमण भएका कर्मचारीले कोरोना संक्रमणको उपचारमा आवश्यक पर्ने प्लाज्मादान दिने प्रतिबद्धता दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।