काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारदेखि ५ र १० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।
केन्द्रीय बैंकका अनुसार नयाँ नोट साविक कै आकार र रङमा चलनचल्तीमा ल्याइएको छ ।
बैंकले ५ रुपैयाँको संकेत नम्बर थ/३४ ०००००१ देखि न/५४ ९९९९९९ सम्मको नोट मङ्सिर १० देखि चलनचल्तीमा ल्याउन लागेको हो ।
त्यस्तै बैंकले १० रुपैयाँको संकेत नम्बर ढ/८२ ०००००१ देखि द/४५ ९९९९९९ सम्मको नोट मङ्सिर १० गतेदेखि चलनचल्तीमा ल्याउन लागेको हो ।
Comment