प्रस्तावित राजदूतहरू खतिवडा, रेग्मी र विकको नाम सुनुवाइ समितिबाट अनुमोदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।  अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका नेपाली राजदूतका लागि सिफारिस भएका तीनै जनाको नाम संसदीय सुनुवाइ विषेश समितिले अनुमोदन गरेको छ।

संसदीय सुनुवाई समितिको बिहीबारको बैठकले अमेरिकाका लागि प्रस्तावित राजदूत युवाराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माको नाम सुनुवाई पछि अनुमोदन गरेको हो ।

यसअघि गत असोज १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विक दक्षिण अफ्रिकाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो।

संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारद्वारा प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाई पछि अनुमोदन भएको जानकारी दिए । समितिको बैठकले राजदूतमा सिफारिस खतिवडा, रेग्मी र विकलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको उनले बताए ।

संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले आफ्नो योग्यता, क्षमता र कार्ययोजनाबारे समितिलाई जानकारी दिएका थिए । प्रस्तावित राजदूतहरूले आफूविरुद्ध समितिमा परेका उजुरीका आधारमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।