कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित,अर्को बैठक कात्तिक २७ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोमबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितको बैठक पुनः स्थगित भएको छ ।

पार्टीभित्रको विवादको समाधान र कोरोना संक्रमणका कारण केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २७ गते अपराह्न १ बजे मा बस्ने गरी स्थगित भएको हो ।

यसअघि कात्तिक २४ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टी उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आफ्ना सुरक्षाकर्मीमा कोराना भाइरस संक्रमण देखिएपछि  होम आइसोलेशनमा रहेकोले सारिएको हो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले  केही दिनदेखि जारी पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यको बैठक पनि सहमतिमा आज सम्पन्न भएको  जानकारी दिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।