ग्लोबल आइएमई बैंकद्वारा २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं । ग्लोबल आइएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखाबाट बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले भोजपुरको जिल्लाको सदानन्द गाँउपालिका वडा नं. ११, झ्याउपोखरीमा र धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. ७, हाथमुण्डामा नयाँ शाखा खालेको हो ।

यी शाखाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिने बैंले बताएको छ ।

ग्लोबल आइएमई बैंकले ७१ वटा जिल्लामा फैलिएको २६१ शाखा सञ्जाल, २३७ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।